ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

हाम्रो बारेमा

image not found

सामुदायिक रेडियो हाम्रो पाइला  ९१.६ मेगाहर्ज भेरीमालिका नगरपालिका ४ जाजरकोट 

पृष्ठभूमी

 असल शासन क्लव जिल्ला समन्वय समिति जाजरकोटले स्थापना गरेको सु शासन प्रर्वधनमा समप्रित रेडियो हाम्रो पाइला एफ एम जाजरकोट नेपालका अरु रेडियोको तुलनामा फरक पन भएको रेडियो हो ।दक्षिण एशियमा पहिलो सामुदायिक रेडियो नेपालमा खुेलेको इतिहास हाम्रा सामु छदै छ । ( नेपालमा प्रजातन्त्रको पुनस्र्थापना र २०४७ सालको संविधान लागु भएपछि निकै फस्टाएको क्षेत्रमा सञ्चार पनि पर्छ । २०६२ र ६३ को जनआन्दोलन पछि यसको महत्व झनै बढेको छ । आम पाठक, श्रोता, दर्शकले छानिछानि हेर्न, सुन्न र पढ्न पाएका रेडियो, टेलिभिजन र पत्र पत्रिकाहरुलाई प्रजातन्त्र÷लोकतन्त्रको उपलब्धिका रुपमा लिन सकिन्छ । 

सञ्चारको सहजताका कारण गाँउ वस्तिका कुनाकन्दरा सम्म जुनसुकै बेला राष्टिय तथा अन्तराष्ट्रिय खवरहरु पुग्ने गरेको छ । तर आम सञ्चारका सबै माध्यमहरुको सही उपयोग सबै ठाउँमा हुन भने सकेको छैन । २०५२ सालमा बनेको राष्ट्रिय सञ्चार नियमावलीले निजी क्षेत्रलाई बिद्युतीय सञ्चार माध्यम सञ्चालनको अनुमति दिएपछि मुलुकका कुनाकन्दरा सम्म एफएम रेडियो स्टेशनहरु सञ्चालनमा आएका छन । 
जनताको सेवामा समर्पित एफएम रेडियोहरु  भौगोलिक बिकटता, भौतिक पूर्वाधार, बिद्युतकोे चरम अभाव जस्ता समस्या झेलेर पनि जनताको सूचनामा कृयासिल रहेका छन । स्थानीय लबज र शैलीमा आफ्नै भाषामा बिभिन्न कार्यक्रम तथा गीत संगीत सुन्न र कार्यक्रममा भाग लिन पाएपछि समुदायमा एफएम रेडियोहरुले निकै लोकप्रियता कमाएका छन । 
समुदायिक रेडियोहरुले विकासको क्षेत्रमापनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । विकास प्रकृयामा सहयोग पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका, पाल्पाको मदनपोखरा गाविसले एफएम रेडियो चलाइरहेका छन ।
 पछिल्लो समय ट्राफिक प्रहरीले पनि रेडियो खोलेको छ । रेडियोलाई समुदायको हित तथा विकासको लागि सशक्त माध्यमको रुपमा प्रयोग गर्ने संभावनालाइ दृष्ट्रिगत गरी  सेवामुखि भावना लिएर मध्य पश्चिमको पहाडि जिल्ला जाजरकोटमा  पनि सामुदायिक रेडियोको रुपमा हाम्रो पाइला एफ एम  मेगाहर्जको स्थापना गरिएको हो ।
यस भन्दा अगाडि ८७.९ मेगाहर्ज र हाल २०७२ को घटस्थापनाको दिन वाट ९१.६ मेगाहर्जमा  हाम्रो पाइला एफ एम ५०० वाट क्षमतामा प्रशारण हुदै आएको छ ।
सार्वजनिक हितका क्षेत्रमा विगत ९ बर्ष देखि काम गर्दै आएको जाजरकोटको सु शासनका क्षेत्रमा मात्र काम गर्ने  गैर सरकारी संस्था असल शासन जिल्ला समन्वय समिति जाजरकोटको पहलमा २०६६ सालमा स्थापना भएको रेडियो हाम्रो पाइला  एफ एमको मुख्य उद्देश्य परिर्वतनका लागि असल शासन र संचार  हो ।
 ‘सु शासनमा समप्रित नेपालकै पहिलो र हाल सम्म एक मात्र रेडियोको असल शासनका लागि संचार र जनचेतना’ भन्ने मुल उद्देश्यका साथ स्थापना भएको  यस रेडियोले  बिश्वव्यापी सिद्धान्तलाई व्यवहारमा उतार्दै समुदायलाई चाहिने सूचनाहरु सहज रुपले प्रस्तुत गर्दै आएको छ । 
सूचनाहरु सही तरिकाले समुदाय स्तरमा पु¥याउनु, जनताका गुनासा तथा समस्याहरुलाई सम्बन्धित ठाउँसम्म पु¥याई अन्तरक्रियाको माध्यमद्वारा जनताको सूसुचित हुन पाउने हकको सम्मान गर्नु रेडियोको दैनीकी रहेको छ । यो रेडियो हाल जाजरकोट जिल्ला र आसपासका जिल्लाहरु रुकुम , सल्यान, सुर्खेतको केहि भाग दैलेख , रोल्पा ,दागं ,वाग्लुगं कालिकोट जिल्लाको केहि भु भागमा सून्न सकिन्छ ।