ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

संयुत्त अरब एमिरेट्स युएईमा फिस्टेल कन्सर्ट दुई सम्पन्न

उमाकान्त पाण्डेरउज्यालो । यूएई, असोज १६ ( संयुत्त अरब एमिरेट्स युएईमा फिस्टेल कन्सर्ट दुई सम्पन्न भएको छ । कन्सर्टमा नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुती प्रस्तुत गरे ।
थकित मनलाई हलुंगो बनाउँदै युएईमा कार्यरत नेपालीहरु केही बेर सबै कुरा भुलेर कलाकारसँगै नाचे, रमाए । चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा बोकेर स्टेजमा देखिएका गायक बादल प्रसाईले दसैँ तिहारका प्रसंग जोडिएका गीत गाएर सुरु भएको फिष्टेल कन्सर्ट दुई, झण्डै तीन घण्टा चल्यो । ुयसपालीको दसैँमा ठुलो दाई आउने रेु बोलको गीतबाट आफ्नो प्रस्तुति रु गरेका प्रसाईले आफ्ना पाँच गीत प्रस्तुत गरे । ुघन्कायो, घन्कायो झिल्केले मादलु गाउँदा उनलाई दर्शकले राम्रै साथ दिएका थिए । 
प्रसाईपछि अस्ट्रेलियाबाट आएर कालो स्कर्टमा स्टेजमा छिरेकी स्मृति पोखरेलले ुनौडाँडा काटी, कस्तो भन तिमिु लगायतका गीत प्रस्तुत गरिन पोख्रेलपछि पालो थियो शिव परियारको । परियार शान्त रुपमा स्टेजमा छिरे र सबै दर्शकलाई नचाएर बिदा भए । शिव परियारले उपस्थित दर्शकलाई पूर्ण मनोरन्जन दिए । व्याच नम्बर सिक्सटिन चलचित्रको ुडुब्दैछु तिम्रो यादमाु बोलको गीत गाएर आफ्नो प्रस्तुति अगाडि बढाएका परियारले भावपूर्ण भन्दा धेरै फाष्ट ट्र्याकका प्रस्तुतिलाई प्राथमिकता दिए । दुबईमा पहिलो पटक आएका परियारको प्रस्तुतिलाई कार्यक्रममा धेरै दर्शकले मन पराएका थिए । आफ्नो जिवनकै सर्वाधिक चर्चित गीत भन्दै ुबेहोसी पछि त होसमा आउदा क्या दामी भो । पिउने म पिलाउनेको पो क्या बदनामी भो ।ु गीत गाएका शिवले दर्शकको वान्समोर हुटिङका कारण दोहोर्‍यएर गाउन बाध्य भए । उनले गालैको कोठी, रोशी खोला लगायतका चर्चित गीतहरु प्रस्तुत गरे ।
कलाकार तथा संचारकर्मी रमेश क्षितिजले नेपाली कलाकार तथा राजनितिज्ञको आवाजको क्यारिकेचर गरेर दर्शकलाई हँसाए । उनले केपी ओली, सशील कोइराला, बाबुराम भटटराई लगायतका नेताको क्यारिकेचर गरेका थिए । छोटा पहिरन र विवादीत शब्द प्रयोग गरिएका गीतमा अभिनय गरेका कारण विवादमा तानिएकी ज्योति मगर कार्यक्रमको अर्को आकर्षण थिइन् । कार्यक्रमको अन्तिममा देखिएकी ज्योतिले जिम्वाल बाको आगनीमा, उही मुलाको चाना, पिरतीमा दम छ लगायतका गीत प्रस्तुत गरिन् । पहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउँदै आएकी ज्योतिले यस् पटक भने आफूलाई सभ्य रुपमा प्रस्तुत गरिन् । उनले ढाडे बिरालो, छोटो सारीमा लगायतका गीतका टुक्का मात्र गाइन् । प्रवासी नेपाली युवा संघ अल्कुज क्षेत्रीय समिति र क्रियटिभ युथ नेपालको आयोजनामा भएको कन्सर्टको प्रायोजन फिष्टेल ट्राभल एण्ड टुरिजम दुबईले गरेको थियो ।