ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

लुम्बिनीको भियतनामको पार्कमा ५० फिटको बुद्धको मूर्ति बनाउने

शर्मिला राजोपाध्यायरउज्यालो । काठमाडौं, असोज  – राजकुमार शाक्य अहिले लुम्बिनीको भियतनामको पार्कमा ५० फिटको बुद्धको मूर्ति बनाउने काममा व्यस्त हुनुहुन्छ । उहाँले सन् २००० मा जर्मनमा भएको वर्ल्ड एक्स्पोमा १२ फिट अग्लो श्वेत भैरवको मुकुट र स्वयम्भू चैत्य बनाउनुभएको थियो ।
त्यस्तै कपन गुम्बाको लागि ४० फिट अग्लो तिबेटन स्टुपा बनाउनुभयो । त्यस्तै सन् २०१० मा चीनको सांघाइमा भएको वर्ल्ड एक्स्पोमा नेपाली पेभिलियनमा राख्नको लागि एक सय फिट अग्लो स्वयम्भू चैत्य बनाउनुभयो । 
उहाँको विशेषता हथौडाले धातुको पातामा हानेर सुन्दर कला बनाउनु हो । अंग्रेजीमा चभउयगककभ  भनिने हस्तकलालाई नेपाल भाषामा थ्वज्याःमाज्या भनिन्छ । उहाँको निपूर्णता यसैमा नै छ ।  
गुम्बामा छाना छाउने गजूर हाल्ने, सजाउने सामान बनाउने, भाँडाकुँडा बनाउने, पूजाका सामान बनाउने जस्ता धातु कलाका काम भुटानमा हुने गरेपनि मूर्ति बनाउने कलाकार छैनन् । तर भुटानमा माटोको देवता बनाउने काष्ठकला, ढुङ्गाबाट मूर्ति बनाउने कलाकार भए पनि  धातु कलामा कलाकार नभएकोले धेरै अघिदेखि भुटानका कलाप्रेमी धातुकला किन्नको लागि नेपाल आउने गरेको शाक्य बताउनु हुन्छ ।
पहिले माटोको देवता बनाउने चलन भएपनि माटोको मूर्ति फुट्ने, बिग्रिने, चर्कने भएको अहिले भुटानमा धातुको मूर्ति राख्ने अभियान नै चलेको छ । त्यसैले नेपालमा बनेका हस्तकलाा धातु मूर्तिहरु भुटान लैजाने  चलन जस्तै भइसकेको छ । तर सन् २००४ तिर भूटानका लामा गुरु खेन्पो कार्पो नेतृत्वमा एक भुटानी टोली नेपाल आयो, मूर्ति लैजानको लागि नभएर कलाकारलाई नै भुटान लैजान ।
नेपाली कलाकारले ठूलो प्रोजेक्ट पूरा गर्न सक्छ जस्तो नलागेर नेपाल आउनु अघि टोली पहिले  थाइल्याण्ड गएछ, त्यहाँ चित्त बुझेनछ । त्यसपछि टोली बर्मामा पुगेछ । त्यहाँ पनि टोलीलाई चित्त बुझेनछ ।  भारत गएछ , त्यहाँको कलाले पनि उनीहरुको मन जित्न सकेन । पहिलेदेखि नै काठमाडौंबाट मूर्ति लैजाने बानी लागि सकेकोले त्यहाँको कला नेपालको जस्तो नभएकोले मन जित्न सकेन ।
पछि अब त भएन नेपालमा नै जानु प¥यो भनेर नेपालमा आएर टोलीले ललितपुर थैनाका राजकुमार शाक्यलाई भेट्यो । मैलै काम गरिरहेको शैली सबै उनीहरुले हेर्न थाले । ‘उनीहरुले मैले बनाएका १५ फिटसम्मको मूर्ति मात्र देखेका थिए । फेरि हातबाट मूर्ति कसरी बनाउँछ, मेशिनबाट होइन त्यसैले यल्ले अहिले बनाउँछु भनेर पनि पछि बिग्राछ भन्ने उनीहरुको मनमा लागेको थियो । लामा गुरुलाई मात्र मैले असम्भव काम गर्न सक्छ जस्तो लागेर मलाई काम दिनुभयो । अरुले मैले बनाउन सक्छ भनेर विश्वास नै गरेनन् । लामा गुरुलाई नाई भन्न नसकेर मात्र मलाई प्रोजेक्ट जिम्मा दियो ।’ राजकुमार शाक्यले भन्नुभयो ।
असम्भव काम थियो  थिम्पूबाट पाँच सय किलोमीटर पूर्वको दुर्गम ठाँउ ताकिल्ला पहाडको ल्हुन्ट्चेडोङ्गमा  १ सय ५५ फिट अग्लो झण्डै सय टनकोे गुरु पद्म सम्भव ९गुरु रिम्पोछे०को मूर्ति बनाउनु पर्ने । अमेरिकाको लिबर्टीको मूर्तिसँग दाँजिएको पद्म संभवको मूर्ति बनाउने काम त्यति सजिलो थिएन । मूर्ति बनाउनु भन्दा पनि पहिले भुटानीहरुको मन जित्नै गाह्रो भएको राजकुमार शाक्यको अनुभव छ ।
काम सुरु गर्नको लागि राजकुमार शाक्यले सन् २००५ मा पद्म सम्भवको मूर्तिको मोडेल बनाउनुभयो । उहाँले ११ फिटको मोडल बनाउनु भएर लामा गुरुलाई देखाउनु भयो र ठीक छ भन्ने प्रतिक्रिया आएपछि काम थाल्ने तयारी गर्नुभयो । मोडेल बनाएको मूर्तिलाई १० गुणाले बढायो भने विशाल मूर्तिको स्वरुप राम्ररी नै बनाउन सक्छु भनेर उहाँ विश्वत हुनुहुन्थ्यो । तर उहाँको चिन्ताको विषय थियो कसरी भिमकाय मूर्तिलाई उठाउने भनेर । विशाल मूर्तिलाई कसरी उठाउने, हावा हूरी, भूकम्पबाट सुरक्षित राख्ने भनेर भुटानी स्टक्चरल इन्जिनियरहरुसँग ६ महिनासम्म छलफल गर्नुभयो । काठमाडौंमा बसेर भुटानमा मूर्तिलाई कसरी भूकम्प प्रतिरोधी बनाएर उठाउन सकिन्छ भन्ने योजना बन्न थाल्यो ।
उहाँले सन् २०१० को जुन १० तारिखदेखि भुटानमा काम थाल्नुभयो । उहाँसहित नेपालका १९ जना कलाकार, भुटानका १० जना र बंगाली ३० जना कलाकारले निरन्तर ३  वर्ष ९ महिनासम्म पदम सम्भवको मूर्ति बनाउने काम गर्नुभयो । गुरु पदम संभवले फपिङ्गको गुफा ज्ञान पाएर ८ औ शताब्दीमा भुटानमा प्रार्दुभाव भएको भनिन्छ । भुटानमा पदम संभवलाई दोश्रो बुद्धको रुपमा मानिन्छ ।
फलस्वरुप सन् २०१४ मार्च २० मा असम्भव भनिएको काम सम्भव हुनपुग्यो । निर्धारित ५ वर्षको अवधि भन्दा १ वर्ष अघि नै काम पूरा भयो । कंक्रिटको ४० फिटको आशनमाथि विशाल पद्म सम्भवको मूर्तिलाई उठाउने काम सम्भवभयो । पद्म संभवको अनुहार मात्र १५ फिटको छ भने  कमलको आशन २० फिटको छ । मूर्ति बनाउन प्रयोग गरिएका तामाको पाता २ मिलीमिटर मोटो छ भने सबै भन्दा लामो पाता १० फिटको छ जस्कोे चौडाइ ४ फिटको छ ।
राजकुमार शाक्य भन्नु हुन्छ ‘अमेरिकाको लिवर्टीको मूर्तिमा उभिरहेको, हातमाथि लगिरहेको र फेरि हातमा पनि टर्च भएकोले उचाईको हिसावमा लिवर्टीको मूर्ति नै अग्लो छ । तर चौडाइ , धनत्व हेर्ने हो भने मैले बनाएको गुरु पदम संभवको मूर्ति ठूलो छ । लिबर्टीको मूर्ति पनि थ्वज्यामाज्या प्रविधिबाट नै बनेको हो ।’ 
विशाल मूर्ति बनाउनु मात्र नभएर विभिन्न देशका ३ समूह कलाकारलाई लामो समयसम्म एकै ठाँउमा मिलाएर राख्न सक्नु पनि ठूलो  उपलब्धी भएको शाक्यको अनुभव छ । त्यस्तै अर्को उपलब्धी भुटानीको मन जित्नु पनि भएको शाक्य बताउनु हुन्छ । उहाँ सम्झनु हुन्छ शिलान्यासको दिनलाई ‘भुटानका गृह मन्त्रीले त्यस दिन बनाउने प्रविधिको बारेमा एकएक जानकारी लिनुभयो । मै मेरो योजनाको बारेमा सबै नै बताएँ । तर उहाँलाई मेरो काममा शंका लागेको रहेछ । शिलान्यासपछि मैले काम सुरु गर्न थाले । काम गर्दै जाँदा कमलको फूल राख्ने आशनको काम गर्दा ताका उनै गृह मन्त्री भुटानको प्रधान मन्त्री भैसक्नु भएको थियो । एक दिन अबलोकन लागि आउनुभयो । मैले बनाएको कलमको फूल देखेर उहाँ एकदमै छक्क हुनु भयो । अनि मात्र उहाँलाई मेरो कामप्रति विश्वास लाग्न थालेछ । उहाँले त्यस बेला थाम्नै सक्नु भएनछ अनि भन्नु भयो कि शिलान्यास गर्दा मलाई लागेकै थिएन कि हातबाट मात्रै त्यत्रो ठूलो मूर्ति बनाउने काम सम्भव हुन्छ भनेर खाली गुरुको प्रयासमा नाई भन्न नसकेर मात्र यो काम तपाईलाई दिएको तर अहिले मलाई विश्वास लाग्यो कि असम्भव काम अब सम्भव हुन्छ भनेर ।’ 
राज कुमार शाक्य भन्नु हुन्छ ‘मैले जमीनमा बसेर सुरुमा एक जोर जुत्ता बनाएँ । पहिले मैले सोचेको थिए जमीनमा बसेर जुत्ता बनाउँछु पछि क्रेनको सहयोगमा ६० फिट माथि लगेर जोड्छु भनेर । म भुटान पुग्नु भन्दा अघि क्रेनले नै फलामको मूर्तिको करङ्ग जस्तो संरचना फिट गरेको थियो । तर पछि जुत्ता फिट गर्नको लागि सोही क्रेनको सहयोग लिने कुरा भयो । तर विभिन्न कारणले त्यो क्रेनलाई त्यहाँ ल्याउन सकिएन । अर्को क्रेनको खोजी भयो । थिम्पूबाट पाँच सय किलोमीटर पूर्वको दुर्गम ठाँउ । धेरै प्रयाशपछि बल्ल बल्ल एक ठाँउमा क्रेन त भेटियो तर काम नदिने बिग्रिएको रहेछ । पछि अर्को क्रेनको खोजी भयो  । भुटानमा पुल बनाउन क्रेन ल्याउने भारतको गुहाटीको एक समूह भेटियो । प्राविधिकलाई बोलाएर जुत्ता माथि लैजानको लागि सल्लाह लिइयो । ६० फिटमाथि राख्नको लागि क्रेनलाई जुत्ता झण्डै ८० फिट माथि लैजान पर्नेु भयो । प्राविधिकले त्यस्तो काम १० पांग्रे क्रेनले मात्र गर्न सक्छ भन्न थाले । १० पांग्रे क्रेन भारतबाट ल्याउनु पर्ने भयो तर भारतबाट त्यो विकट ठाँउमा  ल्याउनको लागि बाटो नै थिएन । पहाडको बाटो,  धेरै नै घुम्ती हुने नै स्वभाविक नै भयो । घुम्तीमा त्यो क्रेनलाई मोड्न ठाँउ नै नपुग्ने भयो । बाटोमा पर्ने पुलले पनि क्रेनको भार थाम्न नसक्ने भएकोले १० पाङ्गे क्रेन त्यहाँ ल्याउन सम्भवै भएन । प्राविधिकले त्यसपछि हाइडो पावरको प्रोजेक्टमा प्रयोग गरिने पुरानो प्रविधि तारतारबाट मात्र तानेर माथि लगें मात्रसम्भव हुन्छ भनेर सुझाए ।  त्यसपछि  हाइडो पावरका प्राविधिकको सहयोगमा मूिर्तको माथिल्लो भाग र रुखमा तार बाँधेर केवल कार जस्तो बनाएर  जुत्तालाई ६० फिट माथिको आशनमा लगियो । त्यसैले ठूल ठूला मूर्ति बनाउँदा सोच्दै नसोच्ने व्यवधान पनि आउदोरहेछ । पहिले क्रेनले सजिलै माथि लैजान्छ म फिट गर्दछु भनेर सोचेको सबै योजना भताभुङ्ग भयो । त्यो त जुत्ता राख्नको लागि मात्र परेको समस्या थियो । जुत्ता भन्दा पनि माथि हात राख्न बाँकी नै थियो, पात्र राख्नु थियो । झन झनेै माथि राख्नु पर्ने भागहरु बाँकि नै थिए । त्यस पछि मैले पहिले नै बनाएको योजनामा केहि हेरफेर गर्न थाले । साना साना टुक्रा गरेर शरीरका भागहरु बनाउएर नटबोल्टले जोड्ने जस्ता उपाय अपनाउन थालें ।’ 
कलाकारको सम्मानको सन्दर्भमा शाक्य भन्नु हुन्छ ‘भुटानमा दुर्गम क्षेत्रमा पनि जोमचोङ्ग भनेर दरबार र मन्दिर हुने भएकोले धर्ममा उनीहरु धेरै आस्था राख्छन् । लामागुरुहरुको वचन काट्दैनन् त्यसैले पनि मैले काम पाएँ । देवतासँगै देवताको मूर्ति बनाउने कलाकारलाई पनि उच्च आदर राख्छन् । भूटानको राजपरिवारपनि धर्म र कला क्षेत्रमा आस्था राख्ने भएकोले त्यहाँ काम गर्न सजिलो छ , सुविधा धेरै छ ।’