ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी

असोज  – स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले लास पालमसलाई २–१ ले हराएको हो । बार्सिलोनाका लागि दुवै गोल लुइस स्वारेजले गरे । २५ औं मिनेटमा पहिलो गोलगर्दै सुरुवाती अग्रता दिलाएका स्वारेजले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ८८ औं मिनेटमा लास पालमसका भिएरा रामोसले एक गोल फर्काएपछि बार्सिलोना २–१ ले विजयी भयो । जितपछि ६ खेलबाट १५ अंक जोडेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट पाँच अंक जोडेको लास पालमस तालिकाको १२ औं स्थानमा छ ।
रियल मड्रिड तेस्रो स्थानमा झर्‍यो
 
ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । रियल मड्रिड मालागासँग गोलरहति बराबरीमा रोकिँदै अंक बाँडेको हो । १० खेलाडीमा सिमित भएको मालागालाई हराउँन नसक्दा रियल मड्रिडले शीर्ष स्थान गुमाएको छ । स्टार स्टाइकर क्रिष्टियानो रोनाल्डोले शनिबार रातिको खेलमा पनि गोल गर्न सकेनन् । रोनाल्डोले गोल गर्न नसकेको यो लगातार तेस्रो खेल हो । १३ औं मिनेटमा नोर्डिन आमरबाट रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मालागा १० खेलाडीमा सिमित भएको थियो । बराबरीपछि रियल मड्रिड ६ खेलबाट १४ अंक सहित तेस्रो स्थानमा छ । ६ खेलबाट तीन अंक जोडेको मालागा १६ औं स्थानमा छ ।
भिल्ला रियल शीर्ष स्थानमा
 
भिल्ला रियल स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई १–० ले हराएको भिल्लारियल ६ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो । ६ खेलबाट १२ अंक जोडेको एथ्लेटिको मड्रिड पाँचौं स्थानमा छ । यस्तै शनिबार राति नै भएको खेलमा एइबरसँग १–१ को बराबरी खेलेको सेल्टा डि भिगो ६ खेलबाट १४ अंक सहित चौंथो स्थानमा छ । शनिबार राति भएको अर्को खेलमा सेभिल्लाले रायो भालेकानोलाई ३–२ ले हरायो ।