ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

विश्व फुटबलमा यो हप्ता दुई खेलाडीले आफ्नो नाममा दुई भिन्दा भिन्दै सुनौला इतिहासमा लेखाए

असोज  – विश्व फुटबलमा यो हप्ता दुई खेलाडीले आफ्नो नाममा दुई भिन्दा भिन्दै सुनौला इतिहासमा लेखाए । स्पेनीस क्लब रियल मड्रिडका पोर्चुगिज स्टाइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो करिअरको पाँच सय तथा पाँच सय एकौं गोल गरे । उनले रियल मड्रिडका सर्वाधिक गोलकर्ताको राउलको कीर्तिमानसँग बराबरी पनि गरे । ३० वर्षका रोनाल्डोले मात्रै तीन सय ९ खेलबाट राउलले सात सय ४१ खेलबाट रियलका लागि गरेको तीनसय २३ गोलको कीर्तिमानसँग बराबरी गरे । रोनाल्डोले राउलको कीर्तिमानसँग बराबरी गर्न उनले भन्दा चार सय १९ खेल कम खेले । क्लब र देशका लागि गरेर आफ्नो करिअरमा पाँच सय एक गोल गरेका रोनाल्डोले यो आँकडा छुन मात्रै सात सय ५३ खेल खेले ।
जर्मन क्लब बार्यन म्युनिखका स्टाइकर रोबर्ट लेवान्डोस्कीले तीन खेलमा १० गोल गरे । च्याम्पियन्स लिग गएको मंगलबार राति डाइनामो जाग्रेबसँग वार्यन म्युनिक ५–० ले विजयी भएको खेलमा लेवान्डोस्कीले तीन मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरे । यसअघि बन्डेसलिगामा गएको शनिबार भएको एफएसभी माइन्जसँगको खेलमा लेवान्डोस्कीले दुई गोल गरे । त्यसअघि बुन्डेस लिगा अन्तर्गत नै गएको बुधबार उल्फबर्गसँग भएको खेलमा लेवान्डोस्कीले पाँच गोल गरे । ५–१ विजयी भएको बार्यनका लागि उनले ५१, ५२, ५५, ५७ र ६० औं मिनेटमा गोल गरे । त्यो खेलमा तीन मिनेट २२ सेकेन्ठमा ह्याट्रिक पुरा गरेका लेवान्डोस्की बुन्डेस लिगामा सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी बने । २७ वर्षका पोल्याण्डका स्टाइकर लेवान्डोस्की बुन्डेस लिगामा एक सय गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
रोनाल्डो र लेवान्डोस्कीको यो सफलता तथा गोलको आँकडाले अहिले सबैलाई चकित पारेको छ । तर विश्व फुटबलको इतिहारमा यस्त केही गोलमेसिन छन्, जसले आफ्नो खेल जीवनमा अपत्यारिलो गोलको आँकडा पार गरेका छन् ।
हजार गोल
 
ब्राजिलका पेलेलाई विश्वका सर्वकालिन उत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । उनले आफ्नो खेल जीवनमा ब्राजिललाई तीन पटकसम्म विश्व कपको उपाधि जिताए । सर्वाधिक करिअर गोलको कीर्तिमान बनाएका पेलेले १३ सय ६३ खेलमा १२ सय ७९ गोल गरेका थिए । उनले सन् १९५६ को सेप्टेम्बर ७ देखि सन् १९७७ को अक्टुबर एक सम्ममा यति गोल गरेका हुन् । पेलेले सन् १९५९ मा सबै भन्दा धेरै एक सय २६ गोल गरेका थिए । ब्राजिलकै रोमारियोले पनि एक हजार गोल गरेका छन् । रोमारियोले उनकै गणना अनुसार सन् २००७ मा ब्राजिलको लिग अन्तर्गतको खेलमा आफ्नो करिअरको एक हजारौं गोल गरेका थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार ब्राजिलका आर्थर फ्रिडनराइकले १३ सय २९ गोल गरेका छन् । उनले सन् १९०९ देखि १९३५ को बीचमा यती गोल गरेको जनाइएको छ । तर फिफाले भने यसलाई मान्यता दिएको छैन ।
एक खेलमै धेरै गोल
 
ओसियन स्टाइकरका लागि गोल गर्ने सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा परिचित छ । गएको जुलाईमा जोन कालटकले भानुआतुका लागि १६ गोल गरे । ओलम्पिक छनौट प्रतियोगिताको क्रममा माइक्रोनेसियालाई ४६–० ले हराउँदा कालटकले एक्लैले १६ गोल गरे । तर उमेर समूहको खेल भएकाले उनले विश्व कीर्तिमान भने बनाउन पाएनन् । अन्तर्राष्ट्रिय खेलमा एक खेलमै सार्वधिक गोल कर्ताको कीर्तिमान आर्ची थम्सनको नाममा छ । अस्ट्रेलियाका थम्सनले सन् २००१ मा विश्वकप छनौटमा अमेरिकन समोआलाई ३१–० ले हराउँदा एक्लैले १३ गोल गरेका थिए ।
सबैभन्दा छिटो गोल
 
सबैभन्दा छिटो गोल गर्ने गोलकर्ताको कीर्तिमान साउदी अरबका नवाफ अल अबेडको नाममा रहेको मानिन्छ । सन् २००९ मा अल सोलासँगको खेलमाउनले अल हिलल टिमका लागि खेल सुरु भएको दुई दशमलव चार सेकेन्डमा नै गोल गरेका थिए । गएको वर्ष आर्सनलबाट उल्फबर्ग गएका निकलस बेन्टनरले सबसिच्युट खेलाडीका रुपमा आएर छिटो गोल गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाएका छन् । उनले सन् २००७ मा टोटनह्यामसँगको खेलमा मैदान छिरेको ६ सेकेन्डमा नै गोल गरेका थिए ।
लामो दूरीबाट गोल
 
आस्मिर वेगोविचले सबै भन्दा लामो दूरीबाट गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । चेल्सीका गोलकिपर वेगोविचले सन् २०१३ को नोभेम्बरमा साउथह्यामप्टनसँगको खेलमा ९१ दशमलव ९ मिटर परबाट गोल गरेका थिए । हेडमार्फत लामो दूरीबाट गोल गर्ने कीर्तिमान नर्वेका जोन सामुएल्सनको नाममा छ । उनले सन् २०११ मा ट्रोम्सासँगको खेलमा अड ग्रिनल्याण्डका लागि हेडमार्फत ५८ दशमलव १३ मिटर परबाट गोल गरेका थिए ।
गोलकिपरको गोल
 
खेलमा गोल किपर विपक्षी खेलाडीको प्रहार गोल हुनबाट जोगाउनका लागि सक्रिय हुन्छन् । तर तिनै गोलकिपरले गोल पनि गर्ने गर्छन् । सर्वाधिक गोलकर्ताको कीर्तिमान ब्राजिलका गोलकिपर रोगेरिओ सिनीको नाममा छ ।  पेनल्टी र फ्रिकिकमा मिहिर ४२ वर्षका सिनीले गएको जुनमा एक सय २८ औं गोल गरेर यो कीर्तिमान बनाएका हुन् । उनी सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टोलीका किपर थिए ।
ह्याट्रिक
 
साउथह्यामप्टनका साडिओ मेइनले इंग्लिस प्रिमियर लिगमा सबै भन्दा छिटो ह्याट्रिक गर्ने कीर्तिमान बनाएका छन् । उनले गएको सिजनमा चार मिनेट ३२ सेकेन्डमा ह्याट्रिक पुरा गरेका थिए । तर विश्वकै सबै भन्दा छिटो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान भने टमी रसको नाममा छ । उनले सन् १९६४ मा ९० सेकेन्डमा तीन गोल गरेका थिए ।