ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

खेलको क्रममा अर्को टिमका खेलाडीको खुट्टा भाँचिदिने एक फुटबलरलाई जेल सजाय दिएको छ

असोज १५ – खेलको क्रममा अर्को टिमका खेलाडीको खुट्टा भाँचिदिने एक फुटबलरलाई जेल सजाय दिएको छ । बेलायतमा गएको अगस्टमा स्थानीय लिगको क्रममा विपक्षी टिमका खेलाडीको खुट्टामा हानेर उनको खुट्टा भाँचिदिने २४ वर्षका फुटबलर नथानिएल केरलाई एक वर्षको जेल सजाय दिइएको हो । म्यानचेस्टर क्राउन कोर्टले केरलाई ३० वर्षका विपक्षी टिमका खेलाडी स्टुअर्ट पार्सन्सको खुट्टा भाँचेको दोषी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाएको हो । बेलायतमा स्थानीय रुपमा खेलिने सनडे लिग फुटबलको क्रममा गएको अगस्टमा इमिग्रेसन एफसीका पार्सन्सको दायाँ खुट्टामा एएफसी गोल्ड कपका केरले हानेका थिए । खेल सुरु भएको दोस्रो मिनेटमा नै केरले पार्सन्सको खुट्टामा हानेका थिए । त्यसपछि घाइते भएका पार्सन्सको दायाँ खुट्टाको घुँडाको शल्यक्रिया गरिएको छ । पार्सन्सले दुई हप्तासम्म अस्पतालमा विताएका थिए ।