ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

चीनका राष्ट्रपति सि जिनपिङले विश्वका कुनै पनि ठूला देशले साना देशको स्वाधिनतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभ

काठमाडौं, असोज  – चीनका राष्ट्रपति सि जिनपिङले विश्वका कुनै पनि ठूला देशले साना देशको स्वाधिनतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।
अमेरिकाको न्युयोर्कमा भैरहेको संयुक्त राष्ट्रसंघको ७० औं महासभालाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सिले भौगोलिक रुपमा ठूला र आर्थिक रुपमा सम्पन्न देशले भौगोलिक रुपमा साना र आर्थिक रुपमा कमजोर देशको स्वाधिनतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको हो ।
अहिले विश्वका सबै देश एक आपसमा अन्तरसम्बन्धित र एक अर्काबाट स्वतन्त्र रहेकाले सबैले सबैको अस्तित्व स्वीकार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले आफ्नो २२ मिनेट लामो सम्बोधनको सुरुको पाँचौं मिनेटमा संयुक्त राष्ट्रसंघको स्वाधिनताको सिद्धान्त अनुसार विश्वका सबै देश आफैंमा स्वतन्त्र रहेकाले कुनै एक देशले अर्को देशको अस्तित्व र स्वाधिनतामाथि हस्तक्षेप गर्न नुहुने बताउनुभयो ।
मानव जातिको उज्वल भविष्यका लागि विश्वका सबै देशले एक अर्काको सम्मान गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।