ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

अघोषित नाकाबन्दीका कारण अल्ट्रा म्याराथुन स्थगित ।।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण यहि  असोज २२ गते हुने भनिएको  जुम्ला रारा अल्ट्रा म्याराथुन  स्थगित भएको छ । नाकाबन्दीका कारण बाहिर देशका खेलाडीहरु जुम्लामा आउन नसक्ने भएपछि खेल स्थगित गर्नु परेको हो ।
मध्य तथा सुदुर पश्चिमको पर्यटकिय स्थलको रुपमा रहेको रारातालको प्रचारप्रसार गर्नको लागि म्यारथन हुने भनिएको थियो । म्याराथुन  प्रतियोगितामा फ्रान्सबाट सहभागी हुने १६ जना, अमेरिकाबाट नाम दर्ता गराएका २ जना र जर्मनबाट खेलमा सहभागी हुने भनेका ८ जना खेलाडी आउन नपाउने भएपछि खेल स्थगित गर्नु परेको  एथ्लेटिक्स प्रशिक्षक हरि रोकायाले जानकारी दिनुभयो ।
 
जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वयमा रेस नेपालको आयोजनामा प्रतियोगिता हुने  भनिएको थियो ।