ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

प्रधानमन्त्री के पि ओली आठ दिने भ्रमणका लागि आज चीन भ्रमणमा जादै , चीनसँग इन्धन आयात सम्झौता हुने ।।

image not found

पाइला न्युज प्रतिनिधि ७ चैत्र २०७२ काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जादै हुनुहुन्छ । चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आजदेखि ८ दिनको भ्रमणका लागि प्रधानमन्त्री ओली चीन जान लाग्नु भएको हो । प्रधानमन्त्री ओली बिहान ११ बजे नै चीन प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग भोलि नै शिष्टाचार भेट गर्नुहुनेछ ।

चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा भोलि उहाँ सहभागि हुनु हुनेछ । आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ’बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाईसम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । भ्रमणको सिलसिलामा सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् अयोजनाको अवलोकन गर्नु हुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिनिधमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।

चीनसँग इन्धन आयात सम्झौता हुने मन्त्री पुनको भनाई ।।

आपूर्ति मन्त्री गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको आज बाट हुन लागेको चीन भ्रमणका क्रममा इन्धन आयात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौताको महत्वपूर्ण आधार तयार हुने बताउनुभएको छ ।
उहाँले सम्झौताको महत्वपूर्ण आधार तयार भएको उल्लेख गर्दै भ्रमणको क्रममा आयात सम्झौता नभएपनि निकट भविष्यमा नै हुने स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लबले शनिवार गरेको कार्यक्रममा मन्त्री पुनले चीनबाट इन्धन आयात गर्नेसम्बन्धी सम्झौता भएरै छाड्ने र कोही कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । 
पछिल्लो दिनमा भारतबाट इन्धन आयात बढेको जानकारी दिँदै उहाँले पेट्रोल सहज भइसकेको र डिजेल पनि एकाध दिनमा नै सहज हुने विश्वास व्यक्त गर्नुभयो । हिजो मात्रै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, आपूर्ति मन्त्रालयका उच्च अधिकारी र भारतीय पक्षसँग इन्धन आयात वृद्धि गर्ने सम्बन्धमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।