ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

एस पटकको एस एल सि परिक्षामा जाजरकोटका छात्राका लागि सिनेटरी प्याडको व्यस्था गरिदै

image not found

पाइला न्युज प्रतिनिधि १३ चैत्र २०७२ जाजरकोट ।

जाजरकोटमा  एसएलसी (प्रवेशीका) परिक्षामा सहभागी हुने विद्यार्थीहरु विरामी भएमा एक पटक परिक्षा केन्द्रमै प्राथमिक उपचार हुने भएको छ । यस्तै छात्राका लागि सिनेटरी प्याड समेत राखिने छ  । जिल्लाका १९ परिक्षा केन्द्रमा सहभागी हुने विद्यार्थीहरु परिक्षा दिदा दिदै विरामी भएमा तत्काल परिक्षा केन्द्र भित्रै प्राथमिक उपचार गर्नका लागी व्यवस्था मिलाएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनु भयो  ।
 
उपचारका लागी कुमारी ट्रष्ट मार्फत सभाषद् राजीव शाहले आर्थिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य कर्मीको सहयोग गर्ने जनाएको छ । सामान्य सामस्याका कारण विगतमा विद्यार्थीहरुले परिक्षा दिन नपाएको भन्दै यस पटक त्यस्तो हुन नदिने जिल्ला शिक्षा अधिकारी सिंहले वताउनुभयो । विद्यार्थीहरुलाई मुस्कान सहितको सेवा दिन पनि जिल्ला शिक्षा अधिकारीले मत्ताहतका निकायलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।
जाजरकोट वाट यस पटक नियमित र आंशिक गरी ६ हजार ७ सय ५८ जना एसएलसीमा सहभागी हुने छन । परिक्षा केन्द्रमा महिलाका लागि सिनेटरी प्याडको समेत व्यवस्था गरिने छ । यस्तै विगतमा ७,८ जनाले परिक्षा केन्द्रमानै वच्चा जन्मायका तथ्याक भएकोले अवका दिनमा यो समस्यामा विद्यार्थीको तनाव कम गर्न पनि स्वास्थ्य कर्मी परिक्षा केन्द्रमा खटिएमा केहि राहत हुने पनि जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहले वताउनु भयो ।  यस पटकको परिक्षामा केहि हद विद्यार्थीमा तनाव कम गर्न यो व्यवस्था प्रभावकारी हुने नगारिक अगुवा केशव जंग शाहको भनाइ छ ।