ON AIR

Bul Bull

UP NEXT

Khulduli .com

ताजा खाबर :
ads

सुधारीएको चुलो निर्माण गर्दै कार्यशाला गोष्ठी सम्पन्न

image not found

हाम्रो पाइला प्रतिनिधि १४ चैत्र २०७२ जाजरकोट ।

जिल्ला विकास समिति जिल्ला उर्जा वातावरण जलवायु परिवर्तन शाखा जाजरकोटको आर्थिक सहयोग तथा डाँफे युवा कल्व जाजरकोटको आयोजनामा शनिवार होटल तथा रेष्टुरेन्ट व्यवसायीकहरुलाई सुधारीएको चुलो निर्माण सम्वन्धि जनाचेतना मुलक एक दिने कार्य शाला गोष्ठी भेरिमालिका नगरपालिकाको खलंगामा  सम्पन्न भएको छ ।
वर्तमान अवस्थामा वन जंगल विनास हुदै गएको, वातावरण प्रतिकुल भैरहेको मौसम खडेरी वनमा दाउरा नपाउने र पुरानो चुलो अहिलेको अवस्थामा प्रभावकारी नहुने भन्दै दाउरा वढि खर्च हुने भएकोले सुधारीएको चुलो प्रभावकारी हुने हुदाँ जिल्ला विकास अन्तर्गत जिल्ला उर्जा तगा वातावरण जलवायु परिवर्तन शाखाले वायोग्यास कार्यक्रम अन्तर्गत सुधारीएको चुलो निर्माण गर्ने अभियान गरेको छ ।
साझेदार संस्था डाफे युवा कल्वले होटल तथा रेष्टुरेन्टहरुमा दाउरा कम लाग्ने भएकोले सुधारीएको चुलो आवस्यक रहेकोले यो अभियान होटल देखी गाउ सम्म कार्यक्रम  शुरु गर्ने  जनाइएको छ । शुरुमा नमुनाको रुपमा वनाउन लागेको डाँफे युवा कल्ब जाजरकोटका सचिव गोपाल केसीले बताउनु भयो ।
सुधारीएको चुलो होटल देखी गाउघर सम्म निर्माण गरी संचालनमा आए यस्तो चुलो  प्रभावकारी हुने र  बन जंगल दिन प्रतिदिन विनास नभै सुरक्षितहुने सवै ठाउ हरीयालीहुने पानिका श्रोत, वातावरण सफा र स्वच्छ हुने डाँफे युवा कल्बका सल्लाहकार शिव प्रसाद शर्माले प्रकास पार्नु भएको थियो ।