ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

बाँदर हेर्न जाँदा अरिङ्गालले टोकेर दुई बालबालिकाको मृत्यु /

image not found

आर .कार्की
जाजरकोट ३० साउन
अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको ज्यान गएको छ । भेरीमालिका ७ खातीगाँउका नरोज पुनका छोरा ५ बर्षिय रिजन पुन र कलावति पुनकी छोरी ३ बर्षिया भावना पुनको ज्यान गएको हो । बाँदरले मकै खाएर हैरान पारेपछि घर नजिकै बाँदर हेर्न गएको बेला शनिवार एक्कासी अरिङ्गालले टोक्दा घाईते भएका उनीहरुको उपचारको अभावमा ज्यान गएको हो । दिउसो ४ बजेतिर टोकेकोमा राती ९ बजेतिर उनीहरुको ज्यान गएको हो । नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार गर्न सकिएन । घरेलु उपचार गर्यौ तर बचाउन सकिएन बालकका बाबु नरोजले भने ।
बाँदरले अरिङ्गालको गोलो चलाईदिएपछि उनीहरुलाई टोकेको हुन सक्ने स्थानिय लालबहादुर पुनले बताए । कलावतिकी अर्की ७ बर्षिय छोरी कविता पुन गंभिर घाईते भएकी छन् । घरमा कोही नभएका कारण कविताले भाईबहिनीलाई सँगै लिएर गएकी थिईन । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ । जिल्लाका ग्रामिण भेगमा मकैको सुरक्षाको लागी बाँदर हेर्न बच्चाबच्चीलाई पठाउने प्रचलन नै रहेको पाईन्छ । मृतकहरु दिदिभाईका छोराछोरी हुन् ।