ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

राजिव शाह जनताको दुःख मा सुःख भुल्छन

image not found

जनक केसी ,जाजरकोट मंसिर ४ गते जाजरकोटको भुरमा ठुलो वस दुर्घटना भयो । भुर ७ रावतगाउँ स्थित सडकवाट ७० मिटर तल भेरी नदीमा यात्रुवहाक गाडी डुव्दा ५१ जनाको मृत्यु भयो भने १० जना घाइते भए । केहि अझै वेपत्ता छन् । भेरीमा वस खसेको दुइ दिन सम्म पनि सरकारी संयन्त्रले यात्रु र वसको उद्धार मात्र होइन हराएको वस पत्ता लगाउन समेत सकेन् । सेना प्रहरी सर्वसाधारण सवैको पहल दुइ दिन सम्म व्यर्थको भयो । पानी भित्रको वस र त्यस भित्र रहेका मृतक यात्रुहरुलाइ वाहिर निकाल्ने पहल गर्न तालिम प्राप्त गोताखोर चाहिने भयो । जसको जोहो गरे जाजरकोट क्षेत्र नं २ का संविधान सभाको सदस्य समेत रहेका राजीवविक्रम शाहले । व्यक्तिगत पहलमा हेलिकोप्टरको जोहो गरेर पोखरा र कुरीनटारवाट साधनस्रोत सम्पन्न दुइ जना गोताखोर लिएर राजीव रावतगाउँमा पुगे । उनैका साथमा आएका गोताखोर र शसस्त्र प्रहरीहरुले नै वस डुवेको र अवस्थित रहेको ठाउँ पनि भेटाए ।
प्रहरी र सेनाका अन्य जनशक्तिलाइ पनि प्रयोग गरियो । कर्णाली चिसापानीका गोताखोरहरु पनि थपिए वसलाइ भेरी नदीको वाहिर ल्याउने काममा । दुर्घटना भएको भोलिपल्ट देखि तीन दिन सम्म उनी भेरी नदीको किनारमै खानाको समेत परवाह नगरी वसीरहे अनि भेरीवाट वस निकाल्न सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी र गोताखोरहरले गरेको प्रयास हेरिरहे । यो खवर चारै तिर फैलियो । उनीसंगै जनताको प्रतिनिधीको रुपमा एमाओवादीका सभाषद शक्तिवहादुर वस्नेत र एमालेवाट समानुपातिक सभाषद रीता रावलले पनि दुर्घटनामा वेपत्ता भएकाहरुलाइ नदीवाट वाहिर ननिकाले सम्म शाहसंगै रातदिन विताए । जुन दिन देखि राजीवले राजनीतीमा आउने सुर कसे त्यसै वेला देखि उनलाइ जिल्लामा ठुला ठुला दुर्घटना र विपतमा जनतासंगै डुल्ने घुम्ने र दुख सुख वाँडेर खाने साइत जुरेको छ । स्कुले जीवन नयाँ दिल्लीको सेन्ट जेजोपमा , ११ र १२ अमेरीकन एम्वेसी स्कुल अमेरीका र व्याचलर सम्मको पढाइ अमेरीकाको पेपरडाइन युनिभरसिटीमा गरेर व्यवस्थापन विषयमा स्नताक सम्मको अध्ययन गरेका शाह एक सफल व्यापारी मात्र थिए जनआन्दोलन अघि सम्म ।
पुर्व राजपरिवारको विस्वास पात्र जस्तै भएर ठुलो आलीसान महल अनि त्यहाँ भित्रको भव्य सुख र सुविधाको जीन्दगी थियो उनको र अहिले पनि छ त्यस्तै । तर फरक यति मात्र हो राजर्शि सुख सयलमा हुर्के वढेका राजीवलाइ यति वेला दुर्गमा र विकट गाउँका मैला र ठसठसि गन्ध आउने झुपडीहरुको वास देखि भीरपाखाहरुको यात्रा नियमित कार्य जस्तै भएको छ । २०६६ सालमा जाजरकोटमा फैलिएको झाडापखालाका वेला राजीवलाइ भर्खर राजनीतीको नसा लाग्दै थियो । झन्डै ४ सय सर्वसाधारणको ज्यान जाने गरि जिल्लामा फैलिएको झाडापखालाले महामारीको रुप लिइरहेको वेला गाउँमा सरकारको प्रतिनिधि र सहयोगको रुपमा औषधी विनाका स्वास्थ्यकर्मी र थोत्रा थोत्रा भवनहरु मात्र थिए । कोहि मसान घाटमा जलिरहेका थिए कोहि मृत्यु सैयामा छटपटाउदै थिए त्यति वेला राजीवले व्यक्तिगत पहलमा जिल्लाका झाडापखाला प्रभावित क्षेत्रमा हेलिकोप्टरवाट औषधी पुरयाइदिए । त्यस पछि मात्र जाजरकोटका कुना कन्दरा अनि गाउँगाउँ वस्तीवस्तीमा राजीवको नाम सवैको मुखमा झुन्डीन पुग्यो । अनि सर्वसाधारणले थाहा पाए राजीव को हुन भनेर । त्यसपछि जिल्लामा जति पनि महामारी र ठुला दुर्घटना भए सवैमा उनले राहत र सहयोगका लागि पहल गरि नै रहे । चुनाव ताका मजकोटका काँग्रेस कार्यकर्ता वीरेन्द्र शाहीलाइ माओवादी कार्यकर्ताले हतियार प्रयोग गरेर घाइते वनाउदा काठमाडौंवाट हेलिकोप्टरको जोहो गरे उनको ज्यान वचाए । जसले गर्दा आपतमा राजीवको सहयोग पाइने रहेछ भन्ने ठानेर जनताको लहर उनी तिरै खनियो । जसको परिणाम स्वरुप एमालेको राम्रो पकट भएको र माओवादीले यस अघिको संविधान सभाको चुनावमा विजय हासील गरेको क्षेत्रमा पनि शाहले चुनाव जित्न सफल भए । यस वर्षको वर्षातका वेला पनि ठुलो धन जनको क्षति हुने गरि जिल्लाको रामीडाडाँ रोकायगाउँ र सक्लामा वाढी पहिरो आउदा पनि उनले पिडितहरुको उद्धार एवम सहयोगका लागि सक्दो सयोग गरे । उनी वाहेक अन्य दलका नेताले पनि सहयोग त गरे तर उनको सहयोगलाइ जिल्लावासीले अलि फरक ढंगले वुझने गरेका छन् । राणाकालीन कर्णेल हरिविक्रम शाहका नाती तत्कालीन शाही नेपाल वायु सेवा निगमका सिनियर क्याप्टेन वविविक्रम शाहका छोरा राजीव आफु जाजरकोटको माटो संग तीन पुस्ता पछि जोडिन पुगेको वताउछन् । पुर्खाको रगत र सम्वन्ध रहेको जाजरकोटसंग वुवाका वाजे कर्णेल हरिविक्रम शाहपछि झन्डै सय वर्षको अन्तरालमा जोडिन पुगेका हुन् । उनकी फुपु वज्यै राणा प्रधानमन्त्री चन्द्र सम्सेरकी श्रीमति वालकुमारी शाहले माइती जिल्ला जाजरकोटका जनताले रुकुमतिर आवातजावात गर्न र खलंगामा पानी खान नपाएको भन्दै १९८२ सालमा मटेलामा पुल तथा खलंगामा कलधारा वनाएकी थिइन् ।काठमाडौंको थापाथलीका स्थायी वासिन्दा राजीवको रुचि दोस्रो जनआन्लोलन पछि राजनीतीमा गढयो ।
नेपाली काँग्रेसको सदस्यता लिएर राजनीती सुरु गरेका राजीव पत्यक्ष राजनीतीमा लागेको ७ वर्ष पुग्न नपाउदै पार्टीको महासमिति सदस्य मात्र भएनन् संविधान सभाको निर्वाचित सदस्य समेत वन्न सफल भए । जिल्लाका कोहि पनि जनतालाइ ठुलो विपत आइपरेको थाहा पाउने वित्तिकै राजीव हेलिकोप्टरको जोह गरेर जाजरकोट पुगिहाल्छन् । हुन त उनकी आमा जयाराज्य लक्ष्मीशाह पनि समाजसेवामा निकै सक्रिय महिला हुन् । रोटरी ल्कवको अध्यक्षमा निर्वाचित हुने प्रक्रियामा रहेकी शाहले पनि पटक पटक जाजरकोट र जाजरकोटीको लागि विभिन्न सहयोग गर्दै आएकी छिन् । राजीव भन्दा पहिला जाजरकोटसंग विभिन्न माध्यमवाट सम्वन्ध वढाएकी जयालाइ उनका छोराले छोटो समयमै उछिनेका छन् । उनलाइ ७ वर्ष अघि सम्म पनि झुपडीको वास, पहाडको वाटोको हिडाइको कुनै अनुभुति थिएन अहिले उनी जाजरकोटका ३० वटै गाविसका गाउँहरुमा पुगिसकेका छन् भने आफनो भव्य आलीसान महलको सुखसुविधाको परवाह नगरी उनको यात्रा गाउँ घरतिर नै वढी हुने गरेको छ । जनताको सेवा गर्छु भनेर हिडीसकेपछि दुखको भाग त लिनै परयो नि, गाउँको अप्ठेरो वसाइ र हिडाइ सम्झेर उनी सर्वसाधारणसंग भन्छन् ।
राजनीती गर्न मान्छेले जति सजिलै भन्ने गर्छन तर यथार्थमा निकै कठिन रहेछ, उनले भने । केन्द्रिय स्तरमा राजनीती प्रशासन र सुरक्षा निकायमा राम्रो पहुच नभएका कारण जिल्लाको समग्र विकासको कुरामा पछयौटेपन छाएको जिल्लावासीको अनुभुतिका वारेमा राजीव आफुले सक्ने जति गरेरै छोडने प्रतिवद्धता गर्छन् । जिल्लाको भौतिक विकासको कुरा मात्र होइन धेरै कुरामा परिवर्तनको खाँचो छ, उनले भने । राजीवको व्यक्तित्व र सहयोगी भावना प्रति जिल्लामा अन्य पार्टीका कार्यकर्ता र सर्वसाधारण सवैले प्रशंसा गर्ने गर्छन् । परेको वेला राजीवले सहयोग गर्न जानेका छन् ।