ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

आज देखि जारकोटमा लक्ष्मी वैकंको शाखा स्थापना , एटिएम सेवा समेत शुरु ।

image not found

लिला पौडेल १३ भाद्र २०७३ जाजरकोट ।
आज देखि जारकोटमा लक्ष्मी वैको शाखा उदघाटन  हुदै छ । सदरमुकाम खलंगाको वसपार्क क्षेत्रमा स्थापना भएको लक्ष्मी वैक जाजरकोटको अहिले विहान एक औपचारीक कार्यक्रमका विचमा शाखा खुलेको घोषणा गरि आज देखि वैकिगं कारोवार शुरु गरिने छ ।
लक्ष्मी वैक जारकोटमा स्थापना भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरेका छन ।  निकै आर्कषक व्यवस्थापनका साथ संचालनमा ल्याइएको यो शाखा संगै देशमा विभिन्न १० स्थानमा एकै साथ लक्ष्मि वैकले आफ्नो शाखा खोलेको जनाएको छ । 
आज रुकुमको चौरजहारी नरपालिकामा स्थापना भएको लक्ष्मि वैकको शाखा पनि आज देखि सूचारु हुने छ  ।  
अहिले केहि वेरमा संचालन  हुने औपचारीक कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भएको वैकले  जनाएको छ । जाजरकोटमा रहेको शाखाले जिल्लामै पहिलो पटक एटिम सुविधा समेत सूचारु गरेको छ । एस भन्दा अघि सिटिजन्स वैकले एटिएमको कार्ड आफ्रना ग्राहकलाई वितरण गरे पनि कार्ड प्रयोगनै नभएर वन्द भएका छन यता लक्ष्मि वैकले वसपार्कमा रहेको आफ्नो शाखा कार्यालयवाटै एटिएम सेवा आज देखि सूचारु गर्ने जनाएको छ । जिल्लामानै पहिलो पल्ट ऐटिएम भित्रयाएकोमा लक्ष्मि वैक को ग्राहक सख्या वढ्ने अनुमागन गरिएको छ ।