ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

ज्वाला दल गण जाजरकोटले रात्रिभोजका विच पाइला एफ एमलाई सम्मान गर्यो ।

image not found

पाइला न्युज ७ भाद्र २०७३ जाजरकोट ।
ज्वाला दल गण जाजरकोटमा हिजो वेलुका रात्रि भोज सम्पन्न भएको छ । जिल्ला स्थित संचारकर्मी र ज्वालादल गणका उच्च पदाधिकारीह? विच हिजो वेलुका रात्रीभोज सम्पन्न भएको हो ।
नेपाली सेनाको ६५ वर्षे लामो रेडियो कार्यक्रमको इतिहासलाई सम्झदै जाजरकोट र आस पासका क्षेत्रमा रेडियो हाम्रो पाइला एफ एफ वाट सोमवार विहान ७.३० वजे देखि नेपाली सेना गतिविधि रेडियो कार्यक्रम प्रशारण गरि नेपाली सेना र जनमानसमा सु मधुर सम्वन्ध वनाउन थप सहयोग प्रयाएको भन्दै हेडक्वाटर काठमाण्डौ वाट प्रदान गरिएको सम्मान पत्र ज्वाला दल गणका गणपती वाट रेडियो हाम्रो पाइलाका प्रवन्ध निर्देशक वालकुमार शर्मा लाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
उक्त सम्मान पत्रमा लेखिएको छ नेपाली सैनिक रेडियो कार्यक्रम हाल देशका ७४ जिल्लाका १४० वटा एफ एम रेडियो वाट विभिन्न वार समय प्रशारण हुदै आएको कार्यक्रम हाम्रो पाइला एफ एम ले प्रशारण गरेकोमा हार्दिक आभार प्रकट गर्दछौ भनिएको छ ।
यस्तै नेपालि सेनाले राष्ट र आम राष्टवासिह?को सुरक्षा तथा हितका लािग गरिरहेको समग्र कार्यह?का वारेमा सु सुचित गराउन हाम्रो पाइला रेडियोले खेलेको भुमिकाको उच्च मूल्याकण गर्दे नागरिक सैनिक सम्वन्ध प्रगाढ वनाउन स्थापित सहकार्यले भविष्यमा समेत निरन्तरता पाउने अपेक्षा सहित नेपालि सेनाको तर्फ वाट स धन्यवाद यो कदर प्रदान गरिएको छ भनि नेपालि सेनाका महारथी प्रधान सेनापति राजेन्द्र क्षत्री र सहायक रथी सैनिक जन सम्पर्क निर्देशक तारा वहादुर कार्की द्धारा हस्क्षरीत कदर पत्र हिजो ज्वालादल गण जाजरकोटले रात्री भोजका विच प्रदान गरेको छ ।