ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

जाजरकोटको वसपार्कमा आगलागि एक जनाको ज्यान गयो, चार घाइते एकजनाको अवस्था गम्भिर ।

image not found

buspark-2
फोटो क्याप्सन : आगलागिमा परि घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपाचार भैरहेको अवस्था फोटो : पाइला न्युज

bus park jajarkotपाइला न्युज १९ भाद्र २०७३ जाजरकोट ।
आज विहान करिव ११ वजे सदरमुकाम खंलंगा स्थित वस पार्क शान्ति चौतारामा रहेको होटल संगीतामा आगालागी हुदा एक जनाको ज्यान गएको छ । होटल र पेटोल, डिजल पसल एकै तलामा भएकोले होटल भित्र वसिरहेका होटल प्रमुख मान सिहं खत्रीका छोरीको दुर्घटना स्थालमानै ज्यान गएको हो ।
आगलागी हुनासाथ दुर्घटना स्थालमा तत्काल नेपाल प्रहरी , नेपाली सेना , श शस्त्र प्रहरी टोलि परिचालन हुदा थप क्षेति हुन पाएन । होटलर रहेको ४ तले पक्कि भवनको तल्लो एक कोठामा अति प्रज्वलनशिल पदार्थ राखिएकोले आगालागी भएको अनुमान गरिएको छ आगालागिको कारण अझै आइ सकेको छैन । यस वारेमा प्रहरीले अनुसन्धान गरिएको जनाएको छ ।
आगालागीमा परि ४ जना घाइते भएका छन एक जनाको अवस्था गम्भिर रहेको छ गम्भिर हुनेमा होटलमा साहु मानसिह खत्री रहेको प्रहरीले जनाएको छ । अलिहे घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । थप उपचारका लागि घाइतेलाई अवस्था हेरी नेपालगंज लिने तयारी भैरहेको जनाइएको छ ।आगालागी वाट लोकेन्द्र शाहीको घरमा क्षेति पुगेको छ । तत्काल नेपाल प्रहरीका इन्सपेक्टर तथा जाजरकोट निमित्त प्रहरी प्रमुख हिक्मत सिहं वोहराको टोलिले उद्धार नगरेको भए वस पार्क क्षेत्रमा करोडौको क्षति हुने स्थाानीयले वताएका छन ।

आगो अहिले नेपाल प्रहरी , शसस्त्र प्रहरी र नेपाली सेना ,रेडक्रस कर्मी  र स्थानियको सहयोगमा नियन्त्रणमा आएको छ ।
 
buspark3
फोटो क्याप्सन : आगाली वाट जलेर नष्ट भएका पार्किग गरेका मोटर साइकल तस्विर ः क्षितिज सर्मपनको फेस वुक वाट ।
 आगालागि वाट होटल नजिकै पार्किग गरि राखेका २ वटा मोटर साइकलमा समेत जलेका छन् ।

 

  घाइतेको अवस्था सम्वन्धिका तस्विर हामीले मानविय सम्वेदनशिलतालाई वुझेर प्रकाशन गरेका छैनौ