ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

इंग्लिस क्लब चेल्सीका प्रशिक्षक जोस मोरिन्होले आफू अहिले प्रशिक्षकको करिअरको निकै खराब समयबाट गुज्रिएको बताए

असोज १६ – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक जोस मोरिन्होले आफू अहिले प्रशिक्षकको करिअरको निकै खराब समयबाट गुज्रिएको बताएका छन् । गएको वर्ष मोरिन्होको प्रशिक्षणमा प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अहिले उनकै प्रशिक्षण निकै खराब प्रदर्शन गरिहेको छ ।
चेल्सीले प्रिमियर लिगमा अहिलेसम्म भएको सात खेलमा दुईमा जित, तीनमा हार तथा दुईमा बराबरी खेलेको छ । चेल्सी अहिले अंक तालिकाको १४ औं स्थानमा छ । मोरिन्होले भने ‘अहिले मैले निकै नै अचम्मको अनुभव गरिहेको छु, जुन अनुभव नदोहोरियोस् भन्ने मेरो चाहना छ ।’ मोरिन्होले आफ्नो १५ वर्षको प्रशिक्षकको करिअरमा अहिलेको जस्तो खराब अनुभव कहिल्यै नगरेको बताएका छन् । तर यो खराब अनुभवले आफूलाई राम्रो बन्न सहयोग गरिरहेको मोरिन्होको भनाई छ । खेलाडीबीचमा कुनै समस्या नरहेको र आफ्नो सम्बन्ध पनि खेलाडीसँग राम्रो रहेको उनले बताए । लिग लिडर म्यानचेस्टर युनाइटेड भन्दा ८ अंकले पछि भएपनि खेलाडीले हिम्मत नहारेको मोरिन्होले बताए । आफू तथा खेलाडी सबैले भएका गल्तिका बारेमा खुलेर कुरा गर्ने गरेकाले अब आइन्दा गल्ती सच्याउँदै लैजाने पक्षमा आफूहरु रहेको मोरिन्होले बताए ।